२०८१ श्रावण १२

आजदेखि रिडी–तम्घास सडक १२ घण्टा बन्द, दैनिक दुई चरणमा बन्द हुने ।

काठमाण्डौँ, आजदेखि रिडी–तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ ।
गुुल्मीलाई जोडने रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको हो । सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले जानकारी दिइन् ।
सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ । सडकको ७ दशमलव ७५ चौडाइ कालोपत्रे गरिंदैछ । सडकखण्डको २३ किलोमिटरमा एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँ लागतमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ ।
तम्घास–रिडी सडक गुल्मी जिल्ला सदरमुकाम आउने मुख्य सडक हो ।