२०८१ श्रावण १२

कोशी र मधेशमा पानी पर्यो, काठमाडौंमा पनि आज र भोली पानी पर्ने ।

काठमाण्डौँ, आज बिहानैबाट मौसममा आएको परिर्वतनका कारण कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा भएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम भएको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद एवं विभागका प्रवक्ता विभूती पोखरेलका अनुसार आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको जानकारी दिए । एक–दुई स्थानमा मध्यम खालको वर्षा पनि भइरहेको उनले बताए ।
मौसमविद पोखरेलका अनुसार काठमाण्डौँमा आज र भोलि छिटपुट वर्षा हुने सम्भावना छ ।
गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडो महसुस पनि भइरहेको छ ।
मोसममा आएको परिर्वतन भोलिसम्म कायम रहने भोलिदेखि मौसममा सुधार हुँदै जाने मौसम पूर्वाुमान महाखाले जनाएको छ ।