२०८१ श्रावण १२

मनाङको छ्याज्यामा बाटोकोे हिउँ हटाउदै नेपाली सेना ।

काठमाण्डौँ, मनाङ जिल्लामा तैनाथ नेपाली सेनाको श्री इन्द्रदल गुम्लले जिल्लाकै उत्तरमा रहेको विकट नारपाभूमि गाउँपालिका जोडने एकमात्र पैदल बाटाकोे बाटोको हिउँ हटाएर मर्मत सम्भार थरी आवतजाव सुचारु गरेको छ ।
भारी हिमपातका कारण हिमपहिरो गई अवरुद्ध भएको बाटो हिउँ हटाएर मर्मतका गरी आवतजात सुचारु गर्नुका साथै एक सिकिस्त विरामीको उद्धार समेत गरेको मनाङमा तैनाथ श्री इन्द्रदल गुम्लका गुल्मपति मेजर राम बुढाथोकीले बताए ।
गुल्मपति बुढाथोकीका अनुसार कोतो—मेता बाटो अन्तर्गत पर्ने छ्याज्यादेखि धर्मशालासम्मको बाटोको हिउँ फन्छाउदै मर्मत सम्भार गरी बाटो सुचारु गर्न ५० जना सैनिक जनशक्तीलाई तीन दिन लागेको थियो ।
नारपाभूमि गाउँपालिकाको नारमा एकजना सिकित्स विरामी भएको खबर पाएपछि बिरामी लिन कोतोबाट गएका सोही गाउँपालिका–२ का पासाङ छिरिङ लामाले बाटो मर्मत गर्दै गरेका सेनाले विरामीको निशुल्क प्राथमिक उपचार गर्नुका साथै उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

यसअधि मनाङको ढिकुर पोखरीमा पनि ठूलो हिमपहिराले अवरुद्ध भएको चामे–ङिस्याङ (माथिल्लो मनाङ) जोडने मोटरबाटो सशस्त्रप्रहरीले नेपाल प्रहरी, स्थानियवासी र डोजरको सहायताले हिउँ हटाएर यातायात सञ्चालनमा ल्याएको थियो ।