२०८१ श्रावण १२

युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरणमा रोक ।

काठमाण्डौं, औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
विभागले अनुगमनका क्रममा संकलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकोले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।
युनिमोल ट्याब्लेट नामक प्यारासिटामोलको ब्याच नं २३६९ जुन २०२३ मा उत्पादन भएको विभागले जनाएको छ ।
विभागले उक्त औषधि, औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा प्रतिबन्ध ÷रोक गरी बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेस गर्न सम्बन्धित निकायलाई निर्देशन समेत गरेको छ । साथै उक्त ब्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सम्बन्धित सबैलाई विभागले अनुरोध समेत गरेको छ ।