२०८१ श्रावण १२

नेपालको कारागारमा विदेशी कैदीबन्दी ।

काठमाण्डौँ, नेपालका कारागारमा १२ मुलुकका १ हजार ४ सय ५ जना विदेशी कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
नेपाली कारागारमा भारत, भुटान, बोलिभिया, बर्मा, चीन, जाम्बिया, पाकिस्तान, क्यानडा, सर्विया, अमेरिका, जर्मनी र चेक रिपब्लिक गरी १२ मुलुकका कैदीबन्दी छन् । विभागको तथ्यांकनुसार नेपाली कारागारमा भारतका मात्रै १ हजार ३ सय ३३ कैदीबन्दी छन् । लुटपाट, ज्यानमुद्दा, लागूऔषध कारोबारमा संलग्न कैदीबन्दीले जेलजीवन विताइरहेका छन् । त्यस्तै, ४९ जना भुटानी नागरिक कैदीबन्दीका रूपमा नेपाली कारागारमा छन् ।
नेपालमा रहेका अन्य विदेशी कैदीबन्दीमा १२ जना चिनियाँ, एक जना बोलिभियन, एक जना म्यानमारी, एक जना जाम्बियन, दुई जना पाकिस्तानी, दुई जना क्यानडेली, एक जना सर्वियन, एक जना अमेरिकी, एक जना जर्मन र एक जना चेक रिपब्लिकन रहेका छन् ।