२०८१ श्रावण १२

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी गम्भीर घाइते ।

काठमाण्डौँ, भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी गम्भीर घाइते भएकी छन् । उनको कोलकाताको सेठ सुखलाल करनानी मेमोरियल अस्पताल (एसएसकेएम)मा उपचार भइरहेको छ ।
६७ वर्षीया बनर्जी घरमै चिप्लिएर लडेको बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ । उनी दक्षिण कोलकातस्थित बालिगन्जको कार्यक्रमबाट फर्किएलगत्तै लडेको समाचारमा उल्लेख छ ।
उनको पार्टी तृणमूल कांग्रेसले ट्विटरमार्फत बनर्जीका तस्बिहरू सार्वजनिक गर्दै उनको निधारमा चोट लागेको देखिएको छ ।