२०८१ श्रावण १२

विषालु सर्प उद्धार तथा पुर्नस्थापना तालिम सम्पन्न ।

काठमाण्डौँ, डिभिजन वन कार्यालय घोराही दाङले सरोकारबाला निकायलाई विषालु सर्प उद्धार तथा पुर्नस्थापनाका लागि सीप तथा प्राविधिक सहयोग सम्वन्धि तालिम दिएको छ ।
तालिममा बिषालु र अविषालु सर्पको पहिचान, बिषालु सर्पको टोकाईबाट बच्ने उपाय र सर्प उद्धारका बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय घोराही दाङका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठले जैविक विबिधताको संरक्षण गर्ने उद्देश्य पुरा गरी सर्पलाई पनि प्रकृतिमा बाच्न पाउने अधिकारी सुनिश्चत गर्नका लागि कार्यालयले काम गरिरहेको बताए ।


प्रशिक्षक सर्प बिज्ञ बसन्त सुवेदीले दाङमा २६ प्रजातिका सर्प भेटिएकोमा ६ प्रजातिमात्रै विषाालु सर्प पाइएको र बाकी २० प्रजाति बिष नभएका सर्प भेटिएको जानकारी दिए । नेपालमा ८९ प्रजातिका सर्प पाइएको र त्यसमध्ये १७ प्रजातिमात्रै विषालु सर्प भेटिएको सुवेदीको भनाई छ । विश्वमा पाइने सर्प मध्ये १२ प्रतिशत मात्रै विषालु सर्प हुने र बाकी ८८ प्रतिशत सर्प बिष नभएको बताए ।
डिभिजन वन कार्यालय र त्यस मातहमा रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक वन समूहका उपभोक्ता लगायतकाको सहभागिता रहेको कार्यक्रममा सर्प बारेमा बिस्तृत जानकारी, सर्प पहिचानका तरिका, उद्धारको सीप र तरिकाको बारेमा जानकारी गराइएको थियो ।