२०८१ श्रावण १२

आज विश्व मिर्गौला दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै ।

काठमाण्डौँ , आज विश्व मृगौला दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदै छ ।
‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस मनाइँदै छ । बर्सेनि मार्च १४ गते यो दिवस मनाइँदै आएको छ ।
विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइन्छ । विभिन्न संस्थाबाट विभिन्न कार्यक्रमसहित हुँदै आएको कार्यक्रम यसपटक भने अङ्ग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटी एउटै भएपछि पहिलो पटक संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको छ ।
नेपालमा मृगौला रोगीको यकीन तथ्यांङ्क छैन । तर विगत केही वर्ष अघिदेखि ३० लाखभन्दा धेरै मृगौलाका रोगीहरु रहेको बताइन्छ । आर्थिक वर्ष २०७५÷७६ मा स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले ४ हजार १ सय ४० जनालाई निःशुल्क डायलाईसिस बापतको २५०० रुपैयाँसम्मको सेवा दिएको छ ।