२०८१ श्रावण १२

इन्डोनेसियाको बाढी र पहिरोमा परी १९ जनाको मृत्यु, सात बेपत्ता ।

काठमाण्डौँ, इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ भने अन्य सातजना अझै बेपत्ता रहेको प्रकोप एजेन्सीका वरिष्ठ अधिकारीले उल्लेख गरेका छन् ।
भारी वर्षाका कारण नदीहरूमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै सो प्रान्त प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापनका वरिष्ठ अधिकारी मुहारिन्दो इडवानले जानकारी दिएका छन् ।


धेरैजसो मृतकहरू पेसिसिर सेलाटन रिजेन्सीमा फेला परेका थिए । त्यहाँबाट १७ वटा शव फेला परेका थिए भने बाँकी मृतकहरू परियामान रेजेन्सीमा फेला परेको इडवानले सिन्ह्वालाई फोनमा बताएका छन् । तीव्र जलप्रवाहले १६ वटा पुल भत्किएर डुबानमा परेको, सडक अवरुद्ध भएको र घरहरू पनि बगेको हुँदा प्रकोप प्रभावितलाई राहत वितरणमा बाधा पुगेको बताइएको छ ।
बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यमा प्रकोप एजेन्सीका कर्मचारीहरू, सैनिकहरू, प्रहरीहरू र स्वयंसेवकहरू परिचालित गरिएको सुकमाले जानकारी दिए । एजेन्सी र अन्य सरकारी संस्थाहरूले आपतकालीन राहत प्रयास जारी राखेको पनि जनाइएको छ ।