२०८१ श्रावण १२

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले परिणाम भोग्नुपर्ने उत्तरद कोरिया को चेतावनी ।

काठमाण्डौँ, उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले शुुरु गरेको ठूलो सैन्य अभ्यासले महँगो मूल्य तिर्नुपर्ने बताएको छ । ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न उत्तर कोरियालाई आग्रह पनि गरेको छ ।
यसै वर्ष उत्तर कोरियाले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । साथै पुनरमिलन तथा पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गरेको छ र ‘शून्य दशमलव ००१ मिलिमिटर’ सम्म पनि क्षेत्रीय उल्लंघन भए युद्धको धम्की दिएको छ ।
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट आणविक धम्कीको जवाफ दिन आफ्नो तयारी बढाउनका लागि सन् २०२३ को तुलनामा दुई गुणा सैनिकको सहभागिताका साथ सोमबारदेखि उनीहरूको वार्षिक वसन्त सैन्य अभ्यास सुरु गरेको बताएका छन्।
दुवैले ‘फ्रिडम सिल्ड’ मा ४८ फिल्ड अभ्यास समावेश गर्ने र क्षेप्यास्त्र अवरोध अभ्यास, बम विस्फोट, हवाई आक्रमण र प्रत्यक्ष हमला समावेश गर्ने बताएका छन्।


‘अमेरिका र दक्षिण कोरियाले आफ्नो भ्रामक छनोटका लागि महँगो मूल्य तिर्नुपर्नेछ, यसले प्रत्येक क्षणमा गम्भीर स्तरमा उनीहरूको सुरक्षा असुविधालाई निम्त्याएको महसुस गर्दैछ,’ उत्तर कोरियाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ । उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ ।
‘उत्तर कोरियाले हाम्रो संयुक्त सैन्य अभ्यासको बहानामा उक्साउने कुरा गर्छ भने हामी तत्काल सुदृढ र अन्तिम कारवाहीको सिद्धान्त अनुसार ठूलो जवाफ दिनेछौं,’ दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।


उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई उत्तर कोरियाको ‘सबैभन्दा खतरनाक र पहिलो शत्रु राज्य तथा कट्टर शत्रु’ भन्दै गत महिना आक्रमण भएको अवस्थामा प्योङयाङ दक्षिण कोरियाको ‘अस्तित्व मेट्न’ नहिचकिचाउने बताएका थिए।