२०८१ भाद्र २३
२६१ औं सेना दिवसका दृश्यहरु
नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सव शुक्रबार काठमाडौंसहित मुलुकभर मनाएको छ।
मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरूष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति गरिएको थियो। जंगीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। टुँडिखेलमा आयोजित समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्