२०८१ श्रावण १२

पेशागत कर्ममा अविचलित रहनेमा विश्वस्त छु : प्रधानसेनापति

काठमाण्डौँ, प्रधानसेनापति प्रभुराम शर्माले स्वदेश तथा विदेशमाकार्यरत सकलदर्जा, अवकाशप्राप्त सैनिक तथा परिवार एवम् नेपाली सेनामा कार्यरत निजामती कर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
सेना दिवसको अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले शुभकामना सन्देश जारी गरी नेपाली सेनाले जस्तोसुकै परिस्थितिमा पनि पेशागत चरित्रबाट विचलित नभई देशको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षार्थ संविधान प्रदत्त एवम् नेपाल सरकारबाट प्राप्त जिम्मेवारी पूरा गर्दै आएको स्मरण गरेका छन् ।
सैनिक सेवा आत्मसम्मान र देशभक्तिले भरिएको निःस्वार्थ पेशाभएको कुरालाई मनन गर्दै प्राप्त जुनसुकै जिम्मेवारीमा उच्च पेशागत दक्षता प्रस्तुत गर्न सकलदर्जालाई सेना दिवसले प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।