२०८१ श्रावण १२

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै, बैठक बिहान ९ बजे बस्ने ।

काठमाण्डौँ, नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक बिहान ९ बजे  वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेस सांसद रामहरि खतिवडाले नकारी दिए ।
सदनको अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।
उक्त निर्णयपछि सदनमा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने, संसद् बैठकमा कसरी प्रस्तुत हुनेलगायत विषयमा रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेकोे खतिवडाले जानकारी दिए ।
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । यसअघि २१ फागुनलाई बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।