२०८१ श्रावण १२

गण्डकी प्रदेश सरकारद्धारा ओलम्पिक खेलाडीहरुलाई नगद सहित सम्मान ।

काठमाण्डौँ, गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले बुधबार नगदसहित सम्मान गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार ९ खेलाडीलाई वार्षिक ५ हजार रुपैयाँका दरले एक वर्षको एकमुष्ट ६० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
नेपाल ओलम्पियन संघको पहलमा गण्डकी प्रदेशले आफ्ना प्रदेशमा खेलाडीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा बागलुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहेका छन् । ९ मध्ये मनिषाले युथ ओलम्पिक खेलेकी थिइन् ।
गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्तर्गत यस वर्ष प्रदेश खेलकुद परिषदमा सुचिकृत भएका ५ सय ९४ जना र पूर्व राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय खेलमा सहभागी भएका १०० जना गरी ६ सय ९४ जनाको स्वास्थ्य बिमा पनि गरेको छ ।