२०८१ श्रावण १२

त्रिशुलीनदी बस खस्दा ४ जनाको मृत्यु, ३३ जनाको उद्धार ।

काठमाण्डौँ, कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको घाटबेशीबाट नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने ३३ जनाको जीवितै उद्धार गरिएको छ ।
आज बिहहान ५ बजे धादिङको गजुरी गाउँपालिका–५, घाटबेशी आइपुग्दा बसको गति अनियन्त्रित भएर नदीमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आमद घाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरेको हो । जीवित उद्धार गरिएकामध्ये १८ जनालाई गजुरी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
र्दुघटना स्थलमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।