२०८१ श्रावण १२

मन्त्रालयको बाँडफाँड गर्न नयाँ गठबन्धनको बैठक बस्दै ।

काठमाण्डौँ , नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ ।
मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।
गठबन्धनमा सहभागि एमालेका शंकर पोखरेल, माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् ।
नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री दाहालले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।
सोमबार शपथ लिएका मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल पनि बिनाविभागीय मन्त्री छन् ।