२०८१ श्रावण १२

अमेरिकाले गाँजामा पहिलो पटक राहत सामाग्री पठायो ।

अमेरिकाले तीन सैन्य विमानाबाट गाँजामा ३८ हजार प्याकेट राहत सामाग्री झारेको छ ।
अमेरिकी सेंट्रल कमांडका अनुसार जोर्डनको हवाई सैनिकको सहयोगमा राहत सामाग्री पठाउन सफल भएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो पटक राहत सामग्री पुर्याउन सकेको जनाएका छन् ।
गत बुधबार राहत सामाग्रीको आशमा बस्दा बस्दै १०० जनाको मृत्यु भएको समाचार सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति बाइडेनले तत्काल राहत सामाग्री पठाउने धोषणा गरेका थिए ।
अमेरिकी सेंट्रल कमांडका अनुसार सी–१३० विमानबाट ३८ हजारभन्दा अधिक खाद्य सामाग्रीको पोकाहर गाजाको समुद्र तटमा खसालिएको जनाएको छ ।


अमेरिकाभन्दा पहिले नै बेलायत, रुस मिस्र र र्जोडनले गÞाजÞामा हवाई जहाजबाट खाद्य सामाग्री झारी सकेको छ ।
राष्ट्रपति बाइडनले धेरैभन्दा धेरै राहत सामाग्री बाकेको सवारी साधनलाई गाजामा जान इजरायलले रोक्न नहनुे बताएका छन् ।
बुधबार गाजामा भएको घटनामा ११२ जनाको मृत्यु भएको थियो भने ७६० जना घाइते भएका थिए ।
राहत सामाग्री पर्खिएर बसेका गाजाका नागरिकमाथि इजराइली सैनिकले गोली चलाएको हमाले आरोप लगाएका छन् । तर इजरायलले भने चेतावनी फÞायरिंग पछि भएको भागदौडमा मानिसहरु मरेको जनाएको छ ।
हमासद्धारा संचालित स्वास्थ्य मंत्रालयले इजरायली आक्रमणबाट ३० हजाभन्दा अधिको मृत्यु भएको छ । जसमा २१ ह्जा बालबालिका, ७ हजाभन्दा बढी महिला र ७० हजा भन्दा बढी गाजावासी हराइरहेको आरोप लगाएको छ ।