२०८१ श्रावण १२

मनाङमा सबैभन्दा बढी वर्षा मापन, सोमबारदेखि पानी पर्ने क्रम कम हुँदै जाने ।

काठमाण्डौँ, पछिल्लो २४ तीन घण्टामा मनाङमा सबैभन्दा बढी वर्षा मापन गरिएको छ ।
शनिबार बेलुका (६ः२५बजे) मनाङको गोगा केन्द्रमा १९.६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । अधिकांश स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएकोे छ ।
पछिल्लो २४ घण्टामा सर्वाधिक बर्षा मनाङमा भएको छ । त्यसैगरी डडेलधुरामा ११.६, जुम्लामा १६.१ धनगण्डीमा १० मिलिलिटर बर्षा मापन गरिएको जल तथा मौस पूर्वामानुमान महाशाखाले जनाएको छ । त्यसैगरी नेपालगञ्जमा ०.७ र दाङको घोराहीमा ०.५ मिलिलिटर बर्ष भएको छ ।
विभागका अनुसार यो अवधिमा देशका केही स्थानमा हल्का वर्षा भएको छ । अन्त हल्का वर्षा भएको छ । सबै ठाउँमा १० मिलिमिटरभन्दा कम बर्षा भएको विभागले जनाएको छ ।
काठमाडौंमा पनि छिटपुट पानी पर्न थालेको छ । शनिबार राति र आइतबार काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सोमबारदेखि पानी पर्ने क्रम कम हुँदै जाने छ ।