२०८१ श्रावण १२

बंगलादेशको व्यापारीक भवनमा आगलागी, ४३ जनाको मृत्यु, २० घाइते ।

काठमाण्डौँ, बंगलादेशको राजधानी ढाकाको बेलिरोड क्षेत्रमा रहेको एक व्यापारिक भवनमा आगलागीमा कम्तिमा ४४ जनाको मृत्यु र २० जना घाइते भएका छन् ।
मृत्यु भएका २० जनाको शव उनीहरूका परिवारलाई बुझाइएको छ ।
सात तले भवनमा बिहीबार राति भएको आगलागीबाट अचेत अवस्थामा रहेका ४२ जनासहित ७० जनालाई अग्निनियन्त्रकले उद्धार गरेका छन् ।
भवनको पहिलो तल्लामा रहेको ‘कच्ची भाइ’ नामक रेस्टुरेन्टबाट राति ९ः४५ बजे आगलागी सुरु भएको थियो ।