२०८१ श्रावण १२

चैतर्फी विरोध पछि संसदभवन, सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी बुधबार राती हटाइयो ।

काठमाण्डौँ, चौतफी विरोध पछि प्रहरीले नयाँबानेश्वरको संसदभवन, सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी बुधबार राती हटाएको छ ।
बुधबारराति प्रहरीले तीन वटै ठाउँको फुटपाथमा टाँगेको डोरी हटाएको हो । डोरी हटाएपछि अहिले फुटपाथमा हिँड्न खुला गरिएको छ । गत सोमबार लघुवित्त ऋणीहरु संसद भवनभित्र छिरेपछि प्रहरीले मंगलबार त्यसवरपर हिँड्न समेत निषेध गराई डोरी टाँगेको थियो ।
सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सिंहदरबार वरपरको फुटपाथ र बालुवाटारको फुटपाथमा डोरी टाँगेर हिँड्न रोक लगाएको थियो । फुटपाथमा हिँड्न रोक लगाएपछि सर्वसाधरण जोखिम मोलेरै सडकबाटै हिँडडुल गरिरहेका थियो ।
फुटपाथमा हिँड्न नदिएको भन्दै चर्को आलोचना भएपछि बुधबार राती सबै ठाउँको डोरी हटाएर सर्वसाधरणलाई हिँडडुल गर्न खुला गरेको हो ।