२०८१ श्रावण १२

राष्ट्रिय सुरक्षा चुनौतीको आँकनलन गर्नुहोस् : रक्षामन्त्री खड्का ।

आनन्द गुरुङ, काठमाण्डौँ–उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नेपाली सेनाका सकलदर्जाले विभिन्न परिस्थितिहरूमा सीमित स्रोत तथा साधनहरूको उच्चतम सदुपयोग गर्दै मुलुक र माटोका लागि गरेको त्याग प्रशंसनीय रहेको बताएका छन् ।
नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक–२०८० लाई सम्बेधन गर्दै रक्षामन्त्री खड्काले स्वार्थ प्रेरित व्यक्ति र समूहहरुको धार्मिक र सामाजिक सद्भाव विथोल्ने एवं साम्प्रदायिक गतिविधिहरुको सुक्ष्म विश्लेषण सहित समग्र राष्ट्रिय सुरक्षामा देखा परेका चुनौतीहरुको आँकलन गर्न जरुरी रहेको पनि बताए ।


नेपाली जनताको तिव्र विकासको अपेक्षा पुरा गर्न राष्ट्रिय गौरवको काठमाडौ–तराई÷मधेस द्रुतमार्ग सडक लगायत विकटका बस्तीहरु जोड्ने करिडोर आयोजनाहरुको जिम्मेवारी सरकारले सेनालाई सुम्पिएको बताउँदै मन्त्री खड्काले जटिल भू–बनोट भएका दुर्गम इलाकाहरुमा विकास निर्माणका थप जिम्मेवारीहरु नेपाली सेनालाई प्राप्त हुन सक्ने कुरा उल्लेख गरे । उनले निर्धारित लागत तथा समयसीमा भित्र यस्ता आयोजनाहरु सम्पन्न गर्ने तर्फ सम्बध्द सबै संवेदनशिल भएर लागिपर्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औंल्याएका कार्यहरु सँगै पर्यावरण सुरक्षा, विपद् प्रतिकार्य, विकास निर्माण, महामारी नियन्त्रण, विश्व शान्ति स्थापना, आन्तरिक द्वन्द्व तथा अपरम्परागत सुरक्षा चुनौतीहरुलाई समेत सम्बोधन गर्न सक्ने गरी हरहमेसा तयारी अवस्थामा रहनुपर्ने बताए ।
प्रधान सेनापतिले राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षहरुलाई सम्बोधन तथा चुनौतीहरुको समाधान एवं न्यूनीकरण गर्न नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण हुन अपरिहार्य रहेको बताउँदै नेपाली सेनाको दीर्घकालीन सोच–द्द०८७ लाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउन सरकारको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी श्री अशोकराज सिग्देलका साथै रथीवृन्द एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरुको उपस्थिति थियो ।