२०८१ श्रावण १२

भजन शिरोमणि भक्तराज आचार्यको निधन ।

काठमाडौँ, भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको पार्थिव शरीरलाई आज (मंगलबार) बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।
आचार्यको ८२ वर्षको उमेरमा सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि अस्वास्थ्य थिए । आचार्यले झण्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका छन् ।
नेपाली सुगम संगीतमा उनको विशिष्ट स्थान छ । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।