२०८१ श्रावण १२

भारतीय गजल गायक पंकज उधासको निधन, दाह संस्कार मंगलबार हुने ।

काठमाण्डौँ, गजल गायक, संगीतकार एवं पद्मश्री विजेता पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । सोमबार बिहान ११ बजे मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
उनलाई केही महिनाअघि क्यान्सर भएको पत्ता लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ । उनको दाह संस्कार मंगलबार हुने छ ।
पंकज उधासकी छोरी नायब उधासले पनि आफ्ना पीताको निधनको खबर सामाजिक सञ्जालमा राखेकी छन् ।
सन् १९८० मा आफ्नो पहिलो गजल एल्बम ‘आहत’ निकालेका उनले ६० भन्दा बढी एकल एल्बम निकालेका छन् । उनी गजललाई गीत संगीतको मुख्यधारमा ल्याउने व्यक्तित्व मानिन्छन् ।
सन् १९८६ को नाम चलचित्रको ‘चिठ्ठी आई हैं’ र “आ गले लगजा’ जस्ता गीतले उनलाई नयाँ उचाइ दिएको थियो ।