२०८१ श्रावण १२

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान ।

प्रधान सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी श्री सुनिल श्रेष्ठ, सहायक रथी श्री अनुप जंग थापा र सहायक रथी श्री प्रकाश देउजालाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
पदोन्नतिसँगै उपरथी श्रेष्ठ श्री मध्यपश्चिम पृतनापति, उपरथी थापा श्री राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह–संयोजक र उपरथी देउजा, श्री संभाररथी विभागमा नियुक्त भएका छन् । उनीहरु तीनैजना नवनियुक्त नेपाल सरकारको मिति २०८० फाल्गुण ०६ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएको हो ।