२०८१ श्रावण १२

कमाण्डर एक्विलिनोद्वारा अभ्यास शान्ति प्रयास–४ को अवलोकन

संयुक्त राष्ट्रसंघीय इन्डो प्यासिफिक कमाण्डर एक्विलिनोले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ को अवलोकन गरेका छन् ।
यस अवसरमा कमाण्डर एक्विलिनोले अभ्याससँग सम्बन्धित सैद्धान्तिक र व्यवहारिक गतिविधिहरूको अवलोकन तथा सहभागीहरूसँग अन्तरक्रिया समेत गरेका थिए ।


उनले अभ्यास शान्ति प्रयास–४ को सफल आयोजनाले संयुक्त राष्ट्रसघीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमतामा अभिवृद्धि गराउने बताए ।
कमाण्डरका एक्विलिनोले नेपाली सेनासँग यस किसिमको बहुराष्ट्रिय अभ्यासमा सहकार्य गर्न पाउँदा खुसी लागेको कुरा व्यक्त गर्दै अभ्यासमा सहभागी सबैलाई आभार प्रकट गरे ।
हिजो (शनिबार) भ्रमणका लागि नेपाल आएका कमाण्डर एक्विलिनोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सिग्देलले स्वागत गरेका थिए ।