२०८१ श्रावण १२

मनाङमा घर भत्कँदा एकको मृत्य ।

मनाङ, मनाङमा घर भत्कँदा माटोले पुरिएर ३७ वर्षीय बीरबहादुर घलेको मृत्यु भएको छ ।
ङिस्याङ गाउँपालिका–४, मनाङका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो । घर मर्मत गर्ने नौ कामदारमध्ये सातजनाको सकुशल उद्धार गरिएको छ । एकजनालाई सामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घरमा हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो । घरमा पानी चुहिने समस्या देखिए पछि मर्मतका क्रममा घर भत्किएको हो । घलेको माटोले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीको सहयोगमा निकालिएको थियो । मृतक घलेको शव पोस्टमार्टमका निम्ति सदरमुकाम चामेमा पठाइएको छ । माटोले पुरिँदा एकजनाको टाउकोमा सामान्य चोट लागेकोमा प्राथमिक उपचार गरिएको छ भने अन्यको सकुशल उद्धार गरिएको छ ।