२०८१ श्रावण १२

राष्ट्रिय सेवा दल सिनियरको दीक्षान्त कवाज सम्पन्न ।

काठमाण्डौँ, प्रधान सेनापति प्रभुराम शर्माले युवाहरू नै राष्ट्रको भविष्य भएको र युवाहरूको राष्ट्रप्रतिको माया, समर्पणभाव र निष्ठाले नै हाम्रो राष्ट्र, राष्ट्रियता, भाषा, सँस्कृति संरक्षण र सम्वर्द्धन हुने बताएका छन् ।
राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, नवलपरासीमा आज सम्पन्न सि.सं.१८ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापतिले शर्माले उक्त कुरा उल्लेख गर्नुभएको हो । आजको दीक्षान्त समारोहमा ५६६ जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् ।


प्रधान सेनापति शर्माले राष्ट्रिय सेवा दलका क्याडेटहरूले आफ्नो तालिमको दौरान हासिल गरेका सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासन सम्बन्धी विविध सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भविष्यमा आउनसक्ने प्रतिकूल परिस्थितिलाई सहज रुपमा सामना गर्न सहयोगी सिध्द हुने विश्वास व्यक्त गरे ।


आफ्नो मिहिनेतको पसिना स्वदेशकै माटोमा बगाउन सके मात्र देशले समृद्धि हासिल गर्ने कुरा उल्लेख गर्दै क्याडेट छात्रछात्राहरूलाई देश निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट योगदान दिन समेत सुझाव दिए । क्याडेट छात्रछात्राहरूको आत्मियता ल्ऋऋ ब्गिmलष् मार्फत कालान्तरसम्म दीगो राख्न नेपाली सेना, राष्ट्रिय सेवा दल तथा आफ्नो व्यक्तिगत तर्फबाट हर सम्भव प्रयास रहने विश्वास दिलाउँदै उच्च जाँगर र हौसलाका साथ तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका छात्रछात्राहरू लगायत अभिभावक, शिक्षक वर्ग एवम् सम्बन्धित विद्यालयहरूलाई हार्दिक बधाई ज्ञापन समेत गरे ।
दीक्षान्त समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी श्री सुरेश कुमार कार्की (अ.प्रा.) ले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।