२०८१ श्रावण १२

आज पनि वर्षाको सम्भावना, काठमाडौंमा आज भने वर्षाको सम्भावना छैन ।

काठमाण्डौँ, पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।
आज दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहीबार अपराह्न्न हल्का वर्षा भएको काठमाडौंमा आज भने वर्षाको सम्भावना छैन । मौसम बदली मात्रै हुने मौसमविद् गंगा नगरकोटीले बताइन । करिब ५ महिना पछि बिहिबार काठमाडौंमा काठमाडौंमा हल्का वर्षा भएको थियो ।
विभागले आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
गत २४ घण्टामा पोखरामा सर्वाधिक ७.५ र काठमाण्डौँमा ३.६ मिलिलिटर पानी परेको विभागले जनाएको छ ।