२०८१ श्रावण १२

आज काठमाडौंमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना ।

काठमाण्डौँ, देशका पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षाको सम्भावना रहेको हो । आज देशका धेरै स्थानको मौसम बदली भएको र पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
वाग्मती प्रदेशमा पनि वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । वाग्मती प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना भएकाले काठमाडौं उपत्यकामा पनि आज दिउँसो छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी आज राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।