२०८१ श्रावण १२

गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा, काठमाण्डौंँको मौसम पनि बदली हुने ।

काठमाण्डौँ, पश्चिमी न्यून चापिय वायुका कारण आज बिहान गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल मधेस र वाग्मती प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । काठमाडौंमा आज बदली हुनेछ । “काठमाडौंमा आज बदली हुनेछ । अपराह्नतिर काठमाडौंमा छिटपुट वर्षा पनि हुनसक्छ । तर यो सम्भावना निकै न्यून रहेको मौसमविद् राजु प्रधानाङले बताए ।


मौसमविद प्रधानाङका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज गण्डकी र मधेस प्रदेशमा धेरै परेको छ । अब यो प्रणाली कोसी प्रदेशतर्फ विस्तारै सर्दै जानेछ । “सुदूरपश्चिममा भने विस्तारै मौसम खुल्न थालेको पनि उनले बताए ।
विभागले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
गत २४ घण्टामा जुम्लामा सर्वाधिक १३.२, डडेलधुरामा १२.२ र पोखरामा २.३ मिलिमिटर पानी परेको थियो भने विरेद्रनगरको अधिकतम तापक्रम सर्वाधिक १६, नेपालगञ्जको १५.६,धरानको १५.५ र काठमाण्डौँको ७.७ डिग्री सेलसियस मापन भएको विभागले जनाएको छ ।