२०८१ श्रावण १२

आजदेखि फेरि वर्षा, पश्चिमी भू–भाग बढी प्रभावित हुने ।

काठमाण्डौँ, आजदेखि देशका धेरै स्थानको मौसम बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आजदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । शनिबारदेखि मात्र मौसम सुधार हुँदै जाने छ ।
यो प्रणाली गत माघ तेस्रो साताको प्रणालीभन्दा शक्तिशाली छ । त्यसैले त्यतिबेलाको भन्दा यसपटक अलि बढी बादल र वर्षा हुने विभागले प्रक्षेपण गरेको छ ।
पश्चिमी वायु नेपाल प्रवेश गरिसकेकाले अधिकांश स्थानमा आइतबार) अपराह्नदेखि नै बादल लागिसकेको छ । तर वर्षा भो आज (सोमबार)देखि सुरु हुने सम्भावना रहेको विभागले जनाउको छ ।
आइतबार अपराह्नबाट विकसित मौसमी प्रणालीको असर देशभर एकनासको भने हुनेछैन । ‘यसको प्रभाव पश्चिम नेपालमा बढी हुनेछ, मध्य भेगमा हल्का र पूर्वी तराइमा न्यून प्रभाव रहने देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब लगातार तीन दिनसम्म घाम नलाग्ने पनि विभागले विज्ञप्तीमा जनाएको छ ।
आज सोमबार विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका माथिल्लो भेगमा वर्षा हुने सम्भावना छ । मंगलबार यसको असर अझै बढी देखिने छ । त्यसैले सुदूरपश्चिम र कर्णाली प्रदेशभर मंगलबार पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
बुधबारदेखि पानी पर्ने क्रम कम हुँदै जाने छ । तर बादल भने डम्मै लाग्ने सम्भावना छ ।
आज सोमबार लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।