२०८१ श्रावण १२

ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश कायमै ।

जिल्ला प्रशासन कार्यालय रौतहटले ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । दुई समूहबीच सरस्वतीको मुर्ती विर्सजन गर्ने विषयको विवादले झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
आज बिहानैबाट दुवै पक्षसंग वार्ता र संवादको माध्यमबाट विवाद समाधन गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले छलफललाई तिब्रता दिएकोे छ ।
पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरीचौकीसम्मको क्षेत्रमा शनिबार बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रजिअ रेग्मीले बताए ।