२०८१ बैशाख ७

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा ।

काठमाण्डौँ, गण्डकी सरकारले आज सार्वजनिक बिदा दिएको छ । बुधबार एक सूचनामार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज (शुक्रबार) बिदा दिइएको जनाएको थियो ।
कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
शुक्रबार गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहनेछन् ।