२०८१ श्रावण १२

भूतपूर्व सैनिक सम्मेलन–२०८० सुरू, अवकाशप्राप्त सैनिक सम्मानित ।

काठमाण्डौँ, प्रधान सेनापति श्री प्रभुराम शर्माले भूतपूर्व सैनिकहरू नेपाली सेनाको स्थानीय जनता र सेना बिचको पुलको रूपमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्  ।
पूर्वी पृतना मुख्यालय इटहरीमा भएको भूतपूर्व सैनिक सम्मेलन २०८० को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई अनुसरण गर्दै सैनिक सेवाको दौरान आर्जित ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर, समाजको विकास र उत्थानमा लगाई, विपद् लगायत अन्य आवश्यक परेको समयमा समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिए ।
प्रधान सेनापति शर्माले कल्याणकारी कोषको रकमबाट बहालवाला तथा अवकाश प्राप्त व्यक्तिहरूको बृहत्तर हितका निमित्त कल्याणकारी सेवाको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने नीति अनुरूप शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने कार्य भइरहेको कुराको जानकारी गराउनुभयो ।
सम्मेलनमा सुनसरी निवासी ९३ (त्रियानब्बे) वर्षका अमल्दार गंगा बहादुर कटवाल (अ.प्रा.) र स्वर्गीय अमल्दार डिल्ली बहादुर खत्री (अ.प्रा.) को मोरङ निवासी ९० (नब्बे) वर्षकी श्रीमती भिम कुमारी लुइँटेल खत्रीलाई सम्मान गरिएको थियो । यस्तै, सर्वोत्कृष्ट लघु उद्यमी÷व्यवसायीहरू झापा निवासी प्यूठ प्रमेस सिगुको श्रीमती मनिता आङदेम्बे लिम्बु र सुनसरी निवासी अवकाश प्राप्त हुद्दा भैरव वि.क.लाई प्रशंसा–पत्र एवं पुरस्कार वितरण गरिएको थियो ।


नेपाली सेना कल्याणकारी बोर्डले नेपाल ईन्भेष्टमेण्ट मेगा बैकसँगको सहकार्यमा सञ्चालन गर्दै आएको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तरगत ५ (पांच) जना उद्यमी व्यवसायीहरूलाई सम्मेलनकै अवसर पारेर फाल्गुण ०२, ०३ र ०४ गते इटहरी ब्यारेकमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । आजै इटहरीलगायत धनकुटा, गाईघाट (उदयपुर), चारआली (झापा), पाँचथर र ओखलढुङ्गामा पनि भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरिएको छ ।