२०८१ श्रावण १२

आज वाग्मतीसहित ६ वटा प्रदेशमा हिमपात र वर्षा हुने : मौसम विभाग

काठमाण्डौँ, । आज कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहको छ । काठमाडौंमा आज बिहान ५ः४५ बजेको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको छ ।
विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको छ ।

काठमाडौं उपत्यकाको मौसम आज साधारण बदलीएको छ । वाग्मतीसहित अन्य ६ वटा प्रदेशका केही ठाउँमा वर्षा भए पनि काठमाडौंमा भने वर्षाको सम्भावना न्यून रहेको मौसमविद् गंगा नगरकोटीले बताए । काठमाडौंमा अपराह्नपछि छिटपुट वर्षा हुने सम्भावना रहेको तर त्यो सम्भावना पनि निकै न्यून रहेको विभागको भनाइ छ ।
आज राति कोसी र मधेस प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले स्पष्ट पारेको छ ।