२०८१ श्रावण १२

दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुुँदै ।

काठमाण्डौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो ।
राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।
कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईंले प्रचार गरे पनि उनी नआउने भएका छन् । प्रसाईंको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो ।