२०८१ श्रावण १२

एक वर्षमा ७० हजार ९१५ जना नेपालीले स्थायी बसोवासका लागि देश छाडे ।

काठमाण्डौं, नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९ सय १५ जना नेपालीले विदेशमा स्थायी बसोवासका लागि देश छाडेका ।
आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले यस्तो जानकारी दिएको हो ।
विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवास गर्नका लागि विदेश जाने नेपालीको सख्या ७० हजार ९सय १५ जना रहेको जानकारी दिएको हो । समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८ सय ३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए ।


पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार ३ सय ६९ जना नेपाली विदेशमा नै बसेको जानकारी दिए । यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार ५ सय ४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार ३ सय ४९, स्थायी बसोवास भिसामा ७० हजार ९ सय १५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६ सय १३ जना नेपाली विदेश गएको बतााए ।
महानिर्देशक तामाङले यसरी पछिल्लो एक वर्षमा दुई लाख ९२ हजार २ सय ४० नेपाली कुनै न कुनै रुपमा विदेश बस्नेगरी गएको दाबी गर्दै दुई लाख ९२ हजार २ सय ४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरुको सख्या समावेश नभएको स्पष्ट पारे । उनले सन् २०२३ मा आठ लाख आठ हजार ४सय १५ नेपाली नागरिक श्रमिकको रुपमा विभिन्न देश गएको बताए ।

महानिर्देशक तामाङले नेपालबाट विदेशमा बसेका छोरा–छोरीकोमा नातासम्बन्ध भिसामा एक लाख ६७ हजार ४सय ८५ जना नेपाली विदेशमा रहेको जानकारी दिए । उनले भ्रमण तथा धार्मिक प्रयोजनका लागि एक लाख चार हजार ५ सय १५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको पनि बताए ।
१७ बुँदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काईएको र विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्काषन गरिएको बताए ।
नेपालमा विद्यमान भिसालाई परिवर्तन र थप गरी सरलीकृत गर्न आवश्यक देखिएको उल्लेख गर्दै अध्ययन भिषा, कामदार भिसाा, रिटायरमेण्ट भिसा, मेडिकल, भिसा, धार्मिक भिसा, खेलकुद भिसा लगायत अन्य प्रकारका भिषाहरु थप्नु पर्ने अवस्था रहेको पनि बताए । उनले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मुलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको पनि समितिलाई जानकारी गराए ।