२०८१ श्रावण १२

आज कोशी र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना, तराईंमा हुस्सु लाग्ने ।

काठमाण्डौँ, आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।
देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार र मंगलबार पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।