२०८१ श्रावण १२

नेपाली सेनाको अभ्यास हातेमालो–२०८० सम्पन्न ।

काठमाण्डौँ, विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका विविध पक्षहरू समेटी नेपाली सेनाको अगुवाइमा राष्ट्रिय स्तरमा विपद् व्यवस्थापनसँग सरोकार राख्ने सम्पूर्ण निकायहरूको सहभागितामा सञ्चालन भएको अभ्यास हातेमालो छ ।
तीन दिनसम्म सञ्चालन भएको छैठौँ संस्करणको अभ्यास समापन समारोहमा सम्बोधन गर्नुहुँदै प्रधान सेनापति प्रभुराम शर्माले यस प्रकारका अभ्यासहरूले विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरू बिचको सहकार्यलाई प्रभावकारी बनाई समग्र राष्ट्रको विपद् पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृध्दि हुने बताउनु भयो ।

प्रधान सेनापतिले हालैको जाजरकोट भूकम्प, २०७२ सालको गोरखा भूकम्प तथा कोभिड–१९ महामारी लगायतका विपद्का दौरान भोग्नु परेका कठिनाइहरू र यसका सकारात्मक पक्षहरू बारे आफ्नो विज्ञता तथा अनुभवलाई एक आपसमा साटासाट गर्न अभ्यास उपयुक्त मञ्च साबित भएको बताउनु भयो । साथै,  आगामी दिनमा विपद् पूर्व तयारी तथा विपद् प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्ती लगायत विविध पक्षहरू समेटिएको यस अभ्यासले राज्यका विपद् सम्बध्द नीति र कार्यक्रमहरूलाई सार्थक बनाउन मद्दत पु¥याउने बताउनु भयो ।


अभ्यास हातेमालो वि.सं.२०७५ सालबाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको छ ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, संयुक्त राष्ट्रसंघीय निकायहरू, रेडक्रस लगायत गैर सरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूका साथै बलाधिकृत अशोकराज सिग्देल, रथीवृन्द, विभिन्न मन्त्रालय लगायत सरकारी निकायका प्रतिनिधि,को सहभागिता रहेको थियो ।