२०८१ श्रावण १२

अवैध हतियार सहित १ सय ३४ पक्राऊ, सुरक्षा निकायलाई चुनौती थपिदो ।

काठमाण्डौँ, नेपाल प्रहरीले पछिल्लो ६ महिनामा अवैध हातहतियार सहित १ सय ३४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये पुरूष १ सय ३० जना र महिला ४ जना छन् । तीमध्ये ६ जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ । सो अवधिमा काठमाडौं उपत्यकाबाट १७ जना, कोशी प्रदेशबाट १८ जना, मधेश प्रदेशबाट २५ जना, बागमती प्रदेशबाट १३ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट २१ जना, कर्णाली प्रदेशबाट १२ जना र सुदूरपश्चिम प्रदेशबाट १४ जना पक्राउ परेका छन् । साथै अवैध हातहतियार अन्तर्गत जम्मा ९४ मुद्दा दर्ता भएका छन् ।
अवैध हातहतियार नियन्त्रणबाट आम नागरिकले शान्ति सुरक्षा, अमन चयन कायम भएको महसुस गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले बताए । “नेपाल प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रणमा लिन सक्नुको प्रमुख कारण भएको प्रवक्ता ढकालको भनाई छ । विभिन्न सम्भावित ठाउँमा सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको पनि उनको भनाइ छ ।


पछिल्लो ६ महिनाको अवधिमा देशका विभिन्न स्थानबाट पेस्तोल ६ थान, रिभल्वर ४ थान, कटुवा पेस्तोल १७ थान, बन्दुक ६ थान, भरुवा बन्दुक ८१ थान र एयर गन २ थान गरी जम्मा १ सय १६ थान अवैध हतियार बरामद भएको छ । सो अवधिमा पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, कटुवाको १७ राउण्ड, बाह्रबोरको १९ राउण्ड, बन्दुकको २० राउण्ड, भरूवाको ९३ राउण्ड र अन्य ३ राउण्ड गरी जम्मा २ सय २७ राउण्ड गोली बरामद गरेको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति तथा हतियार सम्बन्धमा हातहतियार तथाखरखजाना सम्बन्धि कसूरमा अनुसन्धान एवम् कारवाही हुने गरेको प्रहरीले जनाएको छ ।