२०८१ श्रावण १२

ललितपुरबाट २ राउन्ड गोली र अवैध लागूऔषधसहित ५ जना पक्राऊ ।

काठमाण्डौँ, ललितपुरको महालक्ष्मी नगरपालिका–६ चागाँथलीबाट ९ एमएमको गोली २ राउन्ड तथा अवैध लागूऔषधसहित सुरेश उप्रेती समेत ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने दोलखा मेलुङ गाउँपालिका–१ घर भएका ३२ वर्षीय सुरेश उप्रेती समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधरमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली, अवैध लागूऔषध ब्राउनसुगर करिब १४ ग्राम ६८ मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्रोजन ९ ट्याव्लेट, स्पाम्स १४ ट्याव्लेट, डिजिटल तराजु १ थान, फलामको नक १ थान, मोबाइल ८ थान, एटिएम कार्ड ४ थान, चेक बुक ३ थान, कृषि विकास बैंकको साईन गरेको २ हजारको चेक, एनआइसी एसिया बैंकको साईन गरेको २ हजारको चेक, आइएमई कार्ड १ थान र नगद ५ हजार ३ सय ७५ रूपैयाँसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।