२०८१ श्रावण १२

आज देशभर वर्षाको सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा ।

काठमाण्डौँ, आज काठमाण्डौंसहित देशभर वर्षाको सम्भावना छैन । तर, केही उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहे पनि वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहेका हो । केही दिनयता नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि त्यो कमजोर हुँदा वर्षा हुन नसकेको विभागको भनाई छ ।
पश्चिमी वायु बलियो नहुँदासम्म वर्षाको सम्भावना हुँदैन । पश्चिमी वायु बलियो भएर सक्रिय हुँदा मात्रै वर्षा हुने मौसमविद्हरूको भनाइ छ ।
“अहिले पश्चिमी वायु कमजोर छ । त्यसैले वर्षाको सम्भावना छैन । अर्को प्रणाली सक्रिय नभएसम्म वर्षा हुँदैन र तत्काल अर्को प्रणालीको सम्भावना पनि नरहेकाले आगामी तनि–चार दिन वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ ।
आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस थियो । गत २४ घण्टामा जुम्लाको न्यूनतम तापक्रम माइनस ५४ र विराटनगरको न्यूनतम तापक्रम २१ डिग्री सेलसियस मापन भएको महाशाखाले जनाएको छ ।