२०८१ श्रावण १२

सेनाको सयुक्त तालिम अभ्यास शुरु, १० अमेरिकी सेना सहित ४६ जना सहभागी ।

नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेना बिच सञ्चालन हुने संयुक्त तालिम अभ्यास Ex–Balance Nail मंगलबारेबाट शुभारम्भ भएको छ ।
वि.सं. २०६० सालदेखि सञ्चालन हुँदै आएको Ex–Balance Nail यो ४१ औँ संस्करण हो । संयुक्त तालिम अभ्यासमा नेपाली सेनाबाट ३६ जना तथा अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सम्मिलित छन् । उक्त तालिम अभ्यास विपद् व्यवस्थापन, खोज तथा उध्दार, मानवीय सहायता लगायतका विषयहरूमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा मिति २०८० फाल्गुण २४ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, मंगोलिया, इन्डोनेसिया लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उध्दार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको नेपाली सेनाले जनाएको छ ।
यस्तै यसै क्रममा आगामी फाल्गुण ८ गतेदेखि २१ गतेसम्म श्री वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा, काभ्रेमा न्यिदब िएभबअभ इउभचबतष्यल क्ष्लष्तष्बतष्खभ को सहयोगमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुने पनि सेनाले जनाएको छ ।