२०८१ श्रावण १२

प्रधान सेनापति शर्मादद्धारा २३ जना सुबेदारलाई दर्ज्यानी चिन्ह प्रदान ।

काठमाण्डौँ, प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनामा साधारण सेवातर्फ सुबेदारहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार, सुबेदार ३२ जना मध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन –शान्ति सेनामा खटिएका ९ जना बाहेक २३ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको सेनाले जनाएको छ ।


उक्त अवसरमा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देलले पनि पदोन्नति भएका पदिकहरुलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।
लामो समय सेनामा रहेर योगदान पु¥याएका एवं अनुभवी पदिकहरुको अधिकृत दर्जामा बढुवाको
व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना गरेको सेनाको दाबी छ ।