२०८१ श्रावण १२

म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गर्ने मिनाक्षी खाद्य उद्योग सिल ।

काठमाण्डौँ, ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित मिनाक्षी खाद्य उद्योग सिल
गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र बाणिज्य आपुर्ति तथा
उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले स्थानिय जन प्रतिनिधिको रोहबरमा
उक्त उद्योग सोमबार सिल गरेको हो । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा विभागले शिल गरेको हो ।
साथै मिनाक्षि खाद्य उद्योगका संचालकलाई बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण
बिभागमा आवश्यक कागजात सहित ३ दिनभित्र उपस्थित हुन बाणिज्य आपुर्ति तथा
उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको छ ।