२०८१ श्रावण १२

मकवानपुरमा भाइरल ज्वरोले एकै गाउँका ४१ जना बिरामी ।

हेटौंडा, मकवानपुरको राक्सिराङ गाउँपालिका–९ टर्लिङ गाँउमा भाइरल ज्वरोको कारण ४१ जना बिरामी भएका छन् । उनीहरु मौसमी भाइरल ज्वरोको शिकार भएको अनुमान गरिएको छ । बिकट रहेको टर्लिङका बिरामिहरुको अवस्था गम्भीर भने नरहेको प्रहरी चौकी कान्द्राङले जनाएको छ ।
गाउँमा एक्कासी एकैपटक करिब ४ दर्जन मानिस बिरामी भएपछि स्वास्थ्य चौकी खैराङ मकवानपुरबाट औषधिसहितको टोली पठाइएको छ । उक्त गाउँमा २१÷२२ घर धुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।