२०८१ श्रावण १२

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना ।

काठमाण्डौँ, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको आज (बिहिबार) बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गत २४ घण्टामा जोमसो र जुम्लाको न्यूनतम तापक्रम ३ दशमलव ५, काठमाण्डौँको ६ दशमलव ७ डिग्री सेलसियस मापन भएको छ भने सबै भन्दाबढी धरानको १४ दशमलव ५ र पोखराको ११ दशमलव ४ डिग्री सेलसियस तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।