२०८१ श्रावण १२

आज देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने : मौसम पूर्वानुमान महाशाखा ।

काठमाण्डौँ, आज (आइतबार) देशका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । बर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
आज (आइतबार) सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने विभागले जनाएको छ । त्यसैगरी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने खासै असर नपर्ने विभागले जनाएको छ ।


हाल नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली भित्रिएको छ । पानी र हिउँ पार्ने प्रणाली पश्चिम क्षेत्रमा शनिबार नै भित्रिसकेको छ । त्यो विस्तारै फैलिँदै जाने छ र वर्षा र हिमपात हुने छ ।
यसको असर सोमबारसम्म देखिने छ । सोमबार साँझदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने विभागको भनाइ छ ।
गत र्चैबिस घण्टामा जुमलाको अधिकतम पातक्रम माइनस ६.८, जोमसोमको माइनस ५ जिरीको माइनस २.३ र काठमाण्डौँको ३.३ मापन गरिको जनाएको छ भने सबैभन्दा तातो जनकपुरको अधिकतम तापक्रम १०.२ रहेको पनि विभागले विज्ञप्तीमा जनाएको छ ।