२०८१ श्रावण १२

आजदेखि देशभर नयाँ मौसमी प्रणाली सक्रिय, वर्षा र हिमपातको सम्भावना ।

काठमाडौँ । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । केही प्रदेशमा हल्लका वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बदली हुने मौसमविद् विभूती पोखरेल जानकारी दिए ।


“आज काठमाडौंमा केही समय घाम लाग्ने र बदली हुने हुन्छ,” “काठमाडौंमा बिहान मौसम केही खुल्छ । त्यसपछि पुनः बादलले ढाक्छ । फेरि घाम लाग्छ ।” बिहीबारजस्तो शुक्रबार दिनभर काठमाडौंमा बदली नहुने उनले स्पष्ट पारे । “हिजो त्यस्तै खालको सिस्टमले काम गर्दा काठमाडौंमा केही वर्षा भयो । तर आज वर्षाको सम्भावना छैन । बदली हुने र घाम लाग्ने दुवै हुनेछ,” मौसमविद्
पोखरेलका अनुसार दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया मौसम बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।


कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज (आइतबार) र भोलि (सोमबार) बुधबार र बिहीबारको तुलनामा मौसममा केही सुधार हुनेछ । यद्यपि, आज (आइतबार) बाट पुनः नेपालमा नयाँ प्रणाली सक्रिय हुँदा वर्षा र हिमपातको सम्भावना बढ्ने मौसमविद् पोखरेलले जानकारी दिए । उनका अनुसार आइतबारदेखि पश्चिमी वायु पुनः सक्रिय भएर स्ट्रङ हुँदा देशका धेरै स्थानमा बदली, वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ ।