२०८१ श्रावण १२

मनाङमा अझै पनि खासै हिउँ परेन, विगतमा जस्तौ चिसो छैन ।

हिमालपारीको जिल्लाको नामले पिरिचित माथिल्लो मनाङमा माध महिनाको दोस्रो सातासम्म पनि खासै हिउँ परेको छैन ।
अघिल्लो महिना दुई पटक हिमपात भएपनि विगतका बर्षहरुमा जस्तै भारी हिमपात नभएको स्थानियको भनाई छ । बुधबार सांझबाट हल्का हिमपात भएपनि जम्मने गरी हिमपात भने नभएको स्थानिय पर्यटन व्यवसायी ओङमा गुरुङ घलेको भनाई छ । उनले केहीदिन अधिसम्म घाम लागीरहेको थियो र खासै चिसो पनि थिएन । वाह्य तथा आन्तरिक पर्यटकहरु मनाङ आइनै रहेको थियो । तर, हिजोबाट मौसममा आएको परिर्वतनले गर्दा चिसो पनि बढ्ेको र हल्का हिमपात भएपनि खासै नजमेको बताए । उता, ङावलमा भने हिजोबाट हिमपात भएको र हाल पनि हिमपात भईरहेको बताए । तर विगतमा जसरी यसबर्ष माथिल्लो मनाङमा हिमपात नभएको उनको दाबी छ ।
उता, बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो ।
हिमपातले ढोरपाटन उपत्यका सेताम्य बनेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका–६ का स्थानीय ओमबहादुर घर्ती मगरले जानकारी दिए ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू–भागमा हिमपात भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनले जानकारी दिए । दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटी र डडेल्धुराका उच्च हिमाली तथा लेकाली भू–भागमा हिमपात भइरहेको पनि प्रवक्ता महर्जनले बताए ।
हिमपातसँगै वर्षा पनि भइरहेकाले पहाडी भू–भागमा चिसो बढेको छ । राजमार्ग क्षेत्रमा हिमपात भइरहेपनि अहिले नै सवारीसाधन आवागमनमा समस्या नभएको प्रहरीले जनाएको छ । जुम्लामा पनि बुधबार सांझ यसबर्षको पहिलो पटक हिमपात भएको छ ।